जोरथाङ महकुमा अधिकारीले गरे पेट्रोल पम्पहरुको निरीक्षण

IMG-20250708-WA0135

नाम्ची: जोरथाङका महकुमा अधिकारी योगेन स्याङदेनले आज जोरथाङ महकुमा अन्तर्गत रहेको पेट्रोल पम्पहरूको निरीक्षण गरे। निरीक्षणको क्रममा जोरथाङका एसडीपीओ केसाङ डी. भोटिया लगायत अग्निशमण विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको मुख्य उद्देश्य पेट्रोल पम्पहरूमा सरसफाइ मापदण्डहरूको समीक्षा गर्नु थियो। पुरुष र महिला यात्रीहरुको लागि छुट्टाछुट्टै शौचालय जस्ता आवश्यक सुविधाहरूको उपलब्धताबारे पनि छलफल भएको थियो। निरीक्षण टोलीले हात धुने र साबुनको उपलब्धता, बग्ने पानी भएको छुट्टै शौचालयको अवस्था र कार्यक्षमता, नि:शुल्क हावाको व्यवस्था, डिजिटल दर बोर्डहरूको उपस्थिति, “धूम्रपान निषेध” पोस्टर आपतकालीन सम्पर्क नम्बरहरूको सूची, र सञ्चालनमा रहेका आगो निभाउने उपकरणहरूको पनि निरीक्षण गर्यो। निरीक्षणको क्रममा, केही पेट्रोल पम्पहरूले डिजिटल दर बोर्डहरू जडान नगरेको देखियो। सबै स्थानहरूमा अग्नि निभाउने उपकरणहरू पनि जाँच गरियो। निरीक्षण टोलीले जोरथाङ महकुमाअन्तर्गत रहेको पाँचवटा पेट्रोल पम्पहरूको निरीक्षण गर्दै पेट्रोल पम्पहरूले निःशुल्क हावा प्रदान गर्न मशिनहरू जडान गरेको उल्लेख गरेको बताइएको छ। यसरी सबै पेट्रोल पम्पमा रहेको शौचालयहरू स्वच्छ रहेको निरीक्षण टोलीले बताएको छ। मल्लीको साउथ वेस्ट पेट्रोल पम्पमा पुरुष र महिलावर्गको निम्चि शौचालय छुट्टाछुट्टै नभएको पाएपछि उक्त पम्पका स्वामी किशनकुमार अग्रवाललाई एक महिनाभित्रमा शौचालयको व्यवस्था गर्ने निर्देश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement