गेजिङमा भानुजयन्तीको अन्तिम तयारी

IMG-20250708-WA0134

गेजिङ: गेजिङ जिल्लामा पालन गरिने २११औं भानुजयन्ती समारोहलाई लिएर आज एक समीक्षा बैठक सम्पन्न भयो। बैठकमा अन्तिम तयारीबारे छलफल गरियो। गेजिङ जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठक गेजिङ जिल्लाका अतिरिक्त जिल्लापाल सुरेश राईको अध्यक्षतामा स्पन्न भएको थियो। बैठकमा सम्वन्धित अधिकारीहरूलाई दिएको जिम्मेवारीबारे समीक्षा गर्नका साथै कार्यक्रमको तयारीलाई लिएर सक्रियता देखाउनुपर्ने निर्देश दिइयो। बैठकमा विभिन्न प्रतियोगिता र अन्य महत्त्वपूर्ण गतिविधिलाई लिएर छलफल गरियो। बैठकलाई सम्बोधन गर्दै अखिल भारतीय नेपाली साहित्य अध्ययन तथा अनुसन्धान केन्द्रका प्रशासक ओपी घतानीले सबै तयारीबारे जानकारी गराए। सोही क्रममा अतिरिक्त जिल्लापालले सम्बन्धित सबै विभागहरूले आ-आफ्नो जिम्मेवारी समर्पणका साथ पूरा गर्नुपर्ने र तोकिएको समयसीमा पुरा गर्नुपर्ने विषयमाथि जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement