१८ सेप्टेम्बरः कालचिनी स्थित डुवर्स फूटबल एकाडमीको महिला टीमले असममा जारी फूटबल टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाएको छ। असमको रंगियामा गत ८ सेप्टेम्बरदेखि शुरु भएको यस टुर्नामेण्टमा शुरुवाती वाधाहरू पार गर्दै डुवर्स फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनाएको छ।

टुर्नामेण्टको फाइनल १९ सेप्टेम्बरमा खेलिनेछ। एकाडमीका प्रमुख कुमार लामा अनि सहायक प्रशिक्षक मञ्जु उरावँको मार्गदर्शनमा असम गएको टीमले असल फूटबल खेलेर सबैको मन जितेको छ।

यसको साथमा कुमार लामाले बताएअनुसार, असमको कोकराझारमा हुने टुर्नामेण्ट अनि आउँदो साल जनवरीमा बिहारमा हुने टुर्नामेण्टमा पनि डुवर्स फूटबल एकाडमीको महिला टीमलाई आमन्त्रित गरिएको छ।











