गान्तोक: प्रधानमन्त्री फसल बीमा योजनामाथि कृषकहरूलाई सचेत गराउने उद्देश्यले गत १ जुलाईदेखि शुरू भएको सप्ताहव्यापी कार्यक्रमको समापन भयो। नाम्ची जिल्लाअन्तर्गत सिरिपताम गागयोङ ग्राम पञ्चायत यूनिटमा समापन भएको कार्यक्रममा भारत सरकारको नवौं फसल बीमा सप्ताहबारे जानकारी दिइयो। १ जुलाईदेखि देशभरिनै शुरू भएको अभियानबारे पनि जानकारी गराएको थियो। उक्त कार्यक्रममा पञ्चायत अध्यक्ष डीआर गुरूङ मुख्य अतिथिकारूपमा उपस्थित थिए भने साथमा वार्ड पञ्चायत लगायत विभिन्न विभागका अधिकारीहरू विशिष्ट अतिथिका रुपमा उपस्थित थे। यस अवसरमा फ्यूचर जेनरली इन्सुरेन्स कम्पनीकी एडीओ फ्लोरेन्स भोटिया, एआई छिरिङ याङछेन भोटिया स्रोतवक्ताकारूपमा सामेल थिए। कार्यक्रमलाई सम्बोधन गर्दै फ्लोरेन्स भोटियाले प्रधानमन्त्री फसल बीमा योजनाबारे विस्तृतरूपमा अवगत गराउँदै योजनाबाट लाभ उठाउन चाहने कृषकहरूलाई समयमा नै आफ्नो नाम पञ्जीकरण गराउनु पर्ने सुझाउ दिइन्। उनले किसानहरूलाई सशक्त बनाउन एफपीओको भूमिकामाथि प्रकाश पार्दै एनएमइएस-ओएस योजनाअन्तर्गत वितरण गरिएको भटमासको १४७ प्रजातिको लाभबारेमा अवगत गराइन्।