१८ सेप्टेम्बरः कालेबुङका पूर्व फूटबलर तथा एएफसी सी लाइसेन्सधारी प्रशिक्षक बबलु गुप्ताले अझ एउटा असाधारण उपलब्धि हासिल गरेका छन्। भारतमा यस साल हुने फीफा अण्डर-१७ महिला विश्व कपमा बबलु गुप्तालाई भोलिण्टियरको रूपमा चयन गरिएको छ।

उनले टुर्नामेण्टको अवधि गेस्ट अपरेशन डिपार्टमेण्टको जिम्मेवारी निर्वाह गर्नेछन्, जसमा उनले फीफा अधिकारीहरूसँग मिलेर काम गर्नेछन्। यस महा आयोजनको निम्ति उनले आउँदो महिना गोवा प्रस्थान गर्नेछन्।

फीफा इण्डर-१७ महिला विश्व कपको आयोजन ११ अक्टोबरदेखि ३० अक्टोबरसम्म हुनेछ। उल्लेखनीय छ, बबलू गुप्ताले यसअघि २०१७-मा भारतमा भएको फीफा अण्डर-१७ विश्व कपमा पनि कार्य गरेका थिए।











