किड्नी रोगीलाई सहयोगको अपिल

IMG-20250708-WA0120

खरसाङ: खरसाङको गौरी शंकर चियाबारीको पाँचधुरे समाजकी कल्पना विश्वकर्मकी सुपुत्री किड्नी रोगी सपना विश्वकर्मलाई सहयोगको अपिल गरिएको छ। उक्त किड्नी रोगी सपना विश्वकर्मलाई सहयोगको लागि स्थानीय राकेश बम्जनले पहल गर्दै सबैलाई सहयोगको अपिल गरेका छन्। उनको उपचारको लागि गौरी शंकर चियाबारीको पाँचधुरे समाजको तर्फबाट सभापति भानु पाख्रिन अनि सचिव योगेन पाख्रिनले पनि आर्थिक सहयोगको लागि अपिल गरेका छन्। गौरी शंकर चियाबारी निवासी सपना विश्वकर्मको उपचार सिलगढीमा भईरहेको र घरको आर्थिक स्थिति कमचोर भएको कारणले उनको उपचारमा धेरै कठिनाइ परिरहेकोले सबैलाई सहयोग गरिदिने अपिल गरिएको छ। मानवताको नाताले पनि किड्नी रोगी सपना विश्वकर्मलाई आर्थिक सहयोगको लागि निवेदन गरेका छन्। उनको उपचारको लागि स्थानीय राकेश बम्जनले सबैलाई सहयोगको लागि अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement