सफलताको लागि युवाहरुमा धैर्य, कडा मेहनत र अनुशासित जीवन चाहिन्छ: क्रिस्पिन छेत्री

photocollage_20257821352224

खरसाङ: भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिसपिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लब खरसाङले आज उनको निवास स्थानमा भेटघाट गरेर बधाई दिएका छन्। खरसाङको सन्त मेरिज निवासी क्रिस्पिन छेत्रीको‌ कोचमा रहेको भारतको राष्ट्रिय महिला फुटबल टिमले हालैमा थाईल्याण्डलाई २-१ को अन्तरले जितेर अष्ट्रेलियामा हुने एएफसी वुमेन्स एसियन क्लब २०२६ को लागि क्वालिफाई भएका छन्। हालमा क्रिस्पिन छेत्री आफ्नो घर आएका छन्। यस अवसरमा भारतीय राष्ट्रिय महिला फुटबल टिमको कोच एंव युनाइटेड खरसाङ फुटबल क्लबको पूर्व खेलाडी क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबको पदाधिकारीहरुले उनको घरमा नै भेटघाट गरेर स्वागत जनाउँदै भारतको राष्ट्रिय महिला फुटबल टिमलाई २२ वर्षपछि पुनः एएफसी एशियन कप‌ २०२६ को लागि चयन गराउन ऐतिहासिक उपलब्धि हाँसिल गर्दै एकजनाको मुख्य कोचको भूमिका सफलतापूर्वक निभाएकोमा बधाई पनि दिएका छन्। भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिसपिन छेत्रीको अगुवाईमा भारतको राष्ट्रिय महिला फुटबल टिमले हालैमा थाईल्याण्डलाई २-१ को अन्तरले जितेर अष्ट्रेलियामा हुने एएफसी वुमेन्स एसियन क्लब २०२६ को लागि क्वालिफाई गर्न सफल बनेको छ। हालमा क्रिस्पिन छेत्री खरसाङको सन्त मेरिजस्थित आफ्नो घर आएका छन्। यस अवसरमा भारतीय राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै सफलताको लागि युवाहरुमा धैर्य, कडा मेहनत र अनुशासित जीवन चाहिने बताएका छन्। उनले सफलताको लागि संघर्ष गर्नुपर्छ र परिवारको पनि साथ चाहिन्छ भनी बताएका छन्।‌ राष्ट्रिय महिला फुटबल टिमको मुख्य कोच क्रिस्पिन छेत्रीले भने, आफुले जे सोच्छ त्यसमाथि कडा मेहनत गर्नुपर्छ। आफ्नो इच्छा शक्ति पनि चाहिन्छ। हाम्रो क्षेत्रका युवाहरुमा धेरै पोटेन्सियल छ। तर त्यसको लागि कतिपय स्याक्रिफाइज जरुरी हुन्छ। कोहीबेला असफल पनि भइन्छ।‌ विशेष गरेर खेलकूदमा‌ असफलता त हुन्छ नै तर ती असफलताहरुलाई लिएर नै अघि बढ्नुपर्छ।’


छेत्रीले केही दिन घरमा बसेर पुनः कार्यमा फर्किने बताएका छन्। उनले आफुलाई सपोर्ट गर्ने दार्जिलिङ पहाड , खरसाङ क्षेत्रका सबै सिनियर दाजुहरुलाई पनि धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement