१८ सेप्टेम्बरः स्पेनिश ला लीगा फूटबलमा शनिवार राति बार्सिलोनाले सजिलै जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ७८ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले दशजना खेलाड़ीमा सीमित एल्चेलाई ३-०-ले पराजित गऱ्यो। दुर्बल विपक्षी टीम विरुद्ध बार्सिलोनाले धेरैवटा मौका गुमायो। यसैकारण टीमले तीनवटा मात्र गोल गर्न सक्यो। बार्सिलोनाबाट रोबर्ट लेवाण्डोस्कीले ३४औं र ४८औं मिनटमा २ गोल गरे। यसबाहेक एक गोल मेम्फिस डिपायले ४१औं मिनटमा छिराए। एल्चेका डिफेण्डर गोञ्जालो भेर्दुलाई १४औं मिनटमा रातो कार्ड देखाइयो।

यस जीतको साथै बार्सिलोना ६ वटा म्याचमा १६ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी नै २० वटा टीमको टेबलमा फेदमा रहने एल्चेसँग केवल १ पोइण्ट रहेको छ। यसरी नै एथलेटिक क्लब बिल्बाओले रायो भालेकानो विरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। एथलेटिक क्लबबाट म्याचमा इनाकी विलियम्सले १४औं, ओइहान साञ्चेटले २८औं र निको विलियम्सले ३३औं मिनटमा गोल गरे। यसरी नै रायो भालेकानोबाट ओस्कर ट्रेजोले पाँचौं र राडामेल फाल्काओले ८०औं मिनटमा गोल गरे। यस जीतपछि एथलेटिक क्लब ६ वटा म्याचमा १३ पोइण्टको साथ तेस्रो स्थानमा पुग्यो। यसरी नै रायो भालेकानो ७ पोइण्टको साथ ११औं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा भेलेन्सियाले सेल्टा विगोलाई ३-०-ले पराजित गऱ्यो। यसरी नै मालोर्काले अलमेरिया विरुद्ध अनि काडिजले भाल्लाडोलिड विरुद्ध १-०-को समान अन्तरले जीत हासिल गऱ्यो।










