खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा मंगलवार दुईवटा म्याच भयो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज जेआर३२ फूटबल एकाडमी र आईटीआई टुंग फूटबल एकाडमीबीच खेलिएको प्रीमियर डीविजनको म्याच २-२ ले ड्र रह्यो। यसरी च्याम्पियनशीप डीविजन मा सेण्ट मेरीज फूटबल क्लब र तीनधारे बोयजबीच खेलिएको म्याच पनि ५-५ ले ड्र रह्यो। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, प्रमोद प्रधान र सौरभ शंकर सामेल थिए।। सञ्जय थापा फोर्थ अफिसियल थिए।