बीएफआई-को अन्तरिम समितिको कार्यकाल ३१ अगस्तसम्म बढ़ाइयो

IMG-20250708-WA0069

नयाँ दिल्ली: भारतीय बक्सिंग प्रशासनमा पारदर्शिता र स्थिरता सुनिश्चित गर्न उठाइएको कदमहरूले प्रभावित भएर विश्व बक्सिंग (वर्ल्ड बक्सिंग)-ले भारतीय बक्सिंग महासंघ (बीएफआई)-को अन्तरिम समितिको कार्यकाल ३१ अगस्तसम्म बढ़ाएको छ। अजय सिंहको अध्यक्षतामा रहने अन्तरिम समितिलाई यस साल अप्रेलमा भारतमा बक्सिंगको दैनिक मामिलाहरूको प्रबन्धनको निम्ति नियुक्त गरिएको थियो। नियुक्तिपछि समितिले आफ्नो पहिलो शुरुवाती ९० दिवसीय कार्यकालको अवधि खेलाड़ी पहिला दृष्टिकोण अप्नाउँदै राष्ट्रिय च्याम्पियनशीप र पछिबाट सबै आयु समूहहरू (अण्डर-१५, अण्डर-१७ र एलीट)-मा अन्तर्राष्ट्रिय टुर्नामेण्ट आयोजित गऱ्यो। सोमवार अजय सिंहलाई लेखेको पत्रमा विश्व बक्सिंगका अध्यक्ष बोरिस वान डेर वोर्स्टले अन्तरिम समितिलाई उनीहरूको खेलाड़ी पहिला दृष्टिकोणको निम्ति बधाई दिए, जसले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतीय बक्सरहरूका निरन्तर भागीदारीको साथ पदक सुनिश्चित गऱ्यो।
वान डेर वोर्स्टले पत्रमा लेखेका छन्, अन्तरिम समितिले प्रभावी ढंगले काम गरिरहेको छ। यसले राष्ट्रिय बक्सिंग प्रशासनभित्र पारदर्शिता र स्थिरता कायम गर्नमा महत्त्वपूर्ण प्रगति गरेको छ। विश्व बक्सिंगले भारतीय बक्सिंगको विकासमा नजर राखिरहेको छ अनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतीय खेलाड़ीहरूका निरन्तर भागीदारी र पदकको रूपमा उनीरूका लगातार सफलताले उत्साहित छ। यी उपलब्धिहरू तपाईंको नेतृत्वमा गरिएको ढाँचागत र सकारात्मक प्रयासहरूको प्रतिबिम्ब हो। आउँदो घरेलु र महाद्वीपीय प्रतियोगिताहरूलाई ध्यानमा राखेर अन्तरिम समितिसँग उनीरू सबै स्तरमा भारतीय खेलाड़ीहरूका निर्बाध भागीदारी सुनिश्चित गर्न बीएफआईका मामिलाहरूको प्रबन्धन जारी राखोस् भन्ने हाम्रो अनुरोध छ।
उल्लेखनीय छ, भारतीय बक्सरहरूले कजाकिस्तानको अस्तानामा आइतवार सम्पन्न भएको विश्व बक्सिंग कपमा ३ वटा स्वर्ण र ५ वटा रजतसहित जम्मा ११ वटा पदक जित्यो। भारतले ब्राजीलमा भएको पहिलो चरणमा ६ वटा पदक जितेको थियो अनि थाईल्याण्ड इण्टरनेशनल ओपनमा पनि खेलाड़ीहरूले प्रभावशाली प्रदर्शन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement