गान्तोक: आज टुल्कू साङ्गे योन्तेन ग्याछो गुरुङले मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित सरकारी आवासमा शिष्टाचार भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा दिएका छन्।
मुख्यमन्त्री तामाङले टुल्कू साङ्गे योन्तेन ग्याछो गुरुङलाई आफ्नो सरकारी आवासमा स्वागत अनि भेट गर्नु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन्। उनले सिक्किमका जनताको तर्फबाट उहाँको दिव्य आशीर्वाद प्राप्त गर्ने र हाम्रो प्यारो राज्यमा निरन्तर शान्ति, सद्भाव र कल्याणको लागि प्रार्थना गर्ने सौभाग्य प्राप्त भएको बताएका छन्।