गान्तोक: शहरी विकास विभागले सरकारी सम्पत्तिको अनाधिकृत प्रयोगको लागि नाम्चीको किशान बजारमा रहेको मल्टिमिडिया कम्प्युटर संस्थानले ओगटेको दोकानमा ताला लगायो। संस्थानले वैध आवण्टन आदेश बिना नै युडीडीको क्षेत्राधिकारअन्तर्गत किशान बजार भवन सम्पत्तिको सञ्चालन गरिरहेको थियो। विभागले सिक्किम सार्वजनिक परिसर (अनाधिकृत कब्जाकर्ताहरूको निष्कासन र भाडा असुली) ऐन, १९८० को प्रावधानअन्तर्गत नोटिश जारी गरेको थियो। जसमा उक्त स्थानलाई खाली गर्ने निर्देश गरेको छ।