गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले राज्य सरकारअन्तर्गत विभिन्न विभाग, बोर्ड तथा संस्थाहरूमा दिइएका नवनियुक्त सल्लाहकारहरू, अध्यक्षहरू तथा विशेष अधिकारीहरूलाई बधाई एवं शुभकामना दिएको छ। उक्त नियुक्ति एसकेएंम पार्टीको लागि मात्र नभएर सम्पूर्ण सिक्किमका जनताको लागि गर्वको विषय रहेको उल्लेख गरेको छ। पार्टीले आज प्रेस बयान जारी गर्दै मनोनित प्रतिनिधिहरुले पार्टीको मार्गदर्शन, इमान्दारिता र सेवाभावका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। एसकेएम पार्टीको सुनौलो, समृद्ध अनि समर्थ सिक्किमलाई साकार पार्न नवनियुक्त पदाधिकारीहरूको सक्रियता, कर्तव्यनिष्ठा र जनताप्रतिको उत्तरदायित्व महत्वपूर्ण बन्ने उस्सेख गरेको छ।