दक्षिण जिल्लामा ‘क्याप’ को संगठनात्मक विस्तार रफ्तारमा

IMG-20250707-WA0154

गान्तोक: सिटिजन एक्सन पार्टी, सिक्किमका अध्यक्ष गणेश राईले आज पार्टीका शीर्ष नेतृत्वहरुसंग उच्चस्तरीय बैठक गरे। पार्टीले दक्षिण सिक्किममा संगठनात्मक गतिविधिलाई सुदृढ पार्ने, स्वच्छ र जनता केन्द्रित राजनीतिको अभियानलाई पुनर्जीवित गर्ने दिशामा डाकेको उक्त बैठकमा जिल्लाअन्तर्गत विभिन्न स्थानबाट एका शीर्ष कार्यकर्ताहरुको सहभागिता थियो। पार्टी अध्यक्ष राईले पार्टीका उपाध्यक्षहरू, महासचिवहरू, फ्रन्टल काउन्सिल प्रमुखहरू र वार्ड अध्यक्षहरूसँग रणनीतिक नेतृत्वबारे छलफल गरेका थिए। मल्लीडाँड़ास्थित पार्टी अध्यक्षको निवासमा आयोजित बैठकमा पार्टीका प्रमुख नेताहरू र प्रतिनिधिहरूसँग व्यापकरुपमा छलफल गरे। तीन सत्रहरूमा संगठनात्मक शक्तिको समीक्षा, चलिरहेको आउटरिच कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन र भविष्यका राजनीतिक कार्यक्रमबारे छलफल गरियो। उक्त बैठकले प्रशासनिक समीक्षा मात्र नगरेर स्वच्छ शासन, पारदर्शिता र नागरिकमुखी राजनीतिप्रति पार्टीको गहिरो कार्यनीतिबारे पनि चर्चा गरेको थियो। अध्यक्ष राईले आफ्नो सम्बोधनमा कुनै पनि राजनीतिक आन्दोलनको शक्ति नारामा होइन तर जनतासँगको सम्बन्धमा निहित हुने उल्लेख गर्दै बैठकहरू केवल फाइलहरू र तथ्याङ्कहरूको समीक्षाबारेमा मात्र नभएर नागरिकहरूसँगको नैतिक सम्झौतालाई पुन: स्थापित गर्ने कुरामा जोड़ दिए। बैठकले आगामी चुनौतीहरूमा महत्त्वपूर्ण छलफल गरेको र भ्रष्टाचारदेखि सार्वजनिक संस्थाहरूको गतिविधिसम्म छलफल गरेको थियो। पार्टीले सिक्किमको राजनीतिमा इमानदारी, जवाफदेहिता र जनताको वास्तविक सेवामा संस्कृति निर्माण गर्ने कुरामा जोड़ दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement