फ्याक्ट्री लाइन च्याम्पियन

IMG-20220918-WA0097.jpg

१८ सेप्टेम्बरः रामझोड़ा बोइजको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल लाइन टुर्नामेण्ट २०२२-मा फ्याक्ट्री लाइन च्याम्पियन भयो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा आइतवार सम्पन्न यस टुर्नामेण्टको फाइनलमा फ्याक्ट्री लाइनले बीच लाइनलाई टाईब्रेकरमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो।

नियमित समयमा फ्याक्ट्री लाइनबाट अभिषेक छेत्रीले ३९औं अनि राहुल छेत्रीले ७३औं मिनटमा गोल गरे। यसरी नै बीच लाइनबाट अरमान मगरले २५औं र ३३औं मिनटमा गोल गरे। रामझोड़ाका खेलाड़ीहरूले मात्र हिस्सा लिन सक्ने यस टुर्नामेण्टमा च्याम्पियन र रनरअप् टीमलाई ट्रफी प्रदान गरियो। टुर्नामेण्ट २३ अगस्तदेखि शुरु भएको थियो।

व्यक्तिगत पुरस्कारहरूः
हीरो अव् द म्याचः अरमान मगर (बीच लाइन)
बेस्ट गोलकीपरः राजदीप प्रधान (फ्याक्ट्री लाइन)
बेस्ट डिफेण्डरः अमन छेत्री (फ्याक्ट्री लाइन)
हाइएस्ट स्कोररः अभिषेक छेत्री (१४ गोल, फ्याक्ट्री लाइन)
प्लेयर अव् द टुर्नामेण्टः अभिषेक छेत्री (फ्याक्ट्री लाइन)
एमर्जिंग प्लेयर अव् द टुर्नामेण्टः कुशल मगर (१४ वर्ष, टीम बजार)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement