मुख्यमन्त्री तामाङले दिए रावलाई शुभकामना

IMG-20250707-WA0153

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आइपीएस अधिकारी श्रीधर रावको पदोन्नतिका लागि बधाई एवं शुभकामना दिएका छन्। उनलाई भिजिलेन्स र एन्टी करप्सन विभागको महानिर्देशको पदमा नियुक्त गरिएको छ। रावले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरेका थिए। राव एक सक्षम अधिकारी हुन् जसले आन्ध्रप्रदेश लगायत सिक्किममा विभिन्न पदमा आफ्नो दक्षता देखाइसकेको मुख्यमन्त्रीले बताए। हालैमा उनलाई विशिष्ट सेवाको निम्ति राष्ट्रपति पुलिस पदकद्वारा सम्मानित गरिएको थियो। उनको समर्पण अनि कार्य क्षेत्रमा देखाएको इमान्दारिताको प्रमाण हो भन्दै मुख्यमन्त्रीले रावलाई शुभकामना प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement