साङ रूम्तेक सडक किनारमा बिरूवारोपन

IMG-20250707-WA0152

गान्तोक: मार्ताम रूम्तेक समष्टिअन्तर्गत बेयोङ फेङग्योङ जीपीयूको काग्युत गुम्पा वार्डको साङ रुम्तेक सडकमार्गमा मेरो बाटो मेरो बोट अभियानलाई पालन गर्दै सुन्तलाका बिरूवाहरू रोपिए। यसक्रममा सात मिनट पृथ्वीलाई कार्यक्रम पनि पालन गरियो। यस अवसरमा क्षेत्र विधायक सोनाम छिरिङ भेन्चोङपा मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। टेरिटोरियल डिभिजन अनि सोसियल फरेष्ट्री गान्तोकको तत्वावधानमा तथा वन एवं पर्यावरण विभागको समन्वयमा व्यापक मात्रामा सुन्तलाका बिरुवाहरू रोपिएको हो। गत १ देखि १४ जुलाईसम्म सिक्किम पर्यावरण पर्व अन्तर्गत विरूवारोपन कार्यक्रम आयोजन भइरहेको छ। यसक्रममा आज सात मिनट पृथ्वीलाई पालन गर्दै बिहान ११ बजीदेखि ११ बजेर ७ मिनटसम्म वाहन चलाचल पनि ठप्प गरिएको थियो। पत्रकारहरूससँग कुरा गर्दै विधायक भेन्चोङपाले पर्यावरण संरक्षणप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा शुरू गरिएको र यो अभियानले वैश्विक स्तरमा महत्व पाएको मन्तव्य राख्दै सबैलाई बिरूवारोपन अभियानमा सहभागी हुने आवहान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement