मंगनमा फसल बीमा सप्ताहको समापन

IMG-20250707-WA0150

गान्तोक: मंगन जिल्ला कृषि विभागको पहलमा आयोजित नवौं फसल बीमा सप्ताहको समापन भयो। यसअन्तर्गत एक हप्तासम्म कृषकहरूलाई फसल बीमामाथि योजनामाथि सचेत गराउँदै आइरहेको थियो भने आजको समापन कार्यक्रम पेगोङ चुङथाङमा आयोजन गरिएको थियो। यस कार्यक्रमको नेतृत्व कृषि विभागका उपनिर्देशक प्रणित गुरूङले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गुरूङले प्रधानमन्त्री कृषि सिँचाइ योजना र पर ड्रप मोर ड्रप योजनाबारे कृषकहरूलाई जागरूक गराउने उद्देश्यले केन्द्र सरकारले शुरू गरेको बताए। यसरी केन्द्र सरकारले कृषकहरूको निम्ति शुरू गरेको विभिन्न कल्याणकारी योजनाहरूबारे पनि अवगत गराउँदै यसको लाभ उठाउन उनले आग्रह गरे। कृषकहरूलाई कृषि मात्र नभएर आर्थिकरूपमा पनि मजबुत बनाउने उद्देश्यले यस प्रकारको कार्यक्रम केन्द्र सरकारले शुरू गरेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement