छात्रामाथि सामूहिक बलात्कार, आरोपीहरु फरार  

Rape-Representative-image

वीरभुम: देशमा दिन प्रतिदिन सामुहिक बलात्कारका घटना अघि आइरहेका छन्। यसैबीच पछिल्लो मामला पश्चिम बङ्गालको वीरभूमबाट आएको छ। यहाँ चारजना युवाले कक्षा ११ की एक छात्रालाई घर फर्कने क्रममा बाटोबाट उठाएर बलात्कार गरेको आरोप लागेको छ। अपमानका कारण छात्राले घाँटीमा झुण्डिएर आत्महत्याको प्रयास गरेको पारिवारिक स्रोतले जनाएको छ। उनको परिवारका सदस्यले हतार हतार उद्धार गरेर अस्पताल भर्ना गरेका थिए। छात्राको अस्पतालमा उपचार भइरहेको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ तर अभियुक्त भने अझै फरार छन्। प्राप्त जानकारीअनुसार घरनजिकै मेला चलिरहेको थियो। विद्यार्थी शनिबार स्कुटरमा मेला हेर्न गएकी थिइन्। फर्कने क्रममा चारजना युवाले उनलाई बीच बाटोमा रोके। त्यसपछि बेहोस गराउने औषधि दिएर बेहोस बनाए। छात्राकी परिवारको दावीअनुसार छ कि आइतबार बिहान उठ्दा उनले खाली ठाउँमा सुतेको थाहा पाए। उनको स्कुटी र मोबाइल नजिकै थियो। त्यसपछि उनी स्कुटी लिएर घर फर्किन्। घर फर्किएपछि बालिकाले परिवारका सदस्यलाई घटनाबारे जानकारी गराइन्। त्यसपछि उनले घरको छतमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरे। आफन्तले उनलाई तल झारेर अस्पताल भर्ना गरे। उनलाई जिल्ला अस्पताल ल्याइयो र  जहाँ उनको उपचार भइरहेको छ। यस विषयमा अस्पतालले पुलिसलाई जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement