सभामा आशा मुखिया लामा सम्मानित
खरसाङ: केही समय यता खरसाङ क्षेत्रमा पर्यटन व्यवसायीमाथि कार्य गरिरहेका खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभा सम्पन्न भएको छ। उक्त सभा एसोसिएसनको सभापति किशोर सिंहको अध्यक्षतामा र सचिव राजु गुरुङले सञ्चालन गरेका थिए। यस सभामा उपस्थित साहित्यकार एंव समाजसेवी आशा मुखिया लामालाई हालैमा पीएचडीको उपाधि प्राप्त गरेकोमा खरसाङ एसोसिएशन फर टूरिज्म एण्ड कन्जरभेशनको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा उनलाई खदार्पणसहित शल ओढाएर साथै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। सभामा नयाँ नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरिएको छ। त्यसरी नै संगठनमा सदस्यता लिन चाहनेहरुलाई पनि स्वागत रहेको एसोसिएसनले बताएको छ। सभामा खरसाङ क्षेत्रमा रहेका होम स्टे मालिकहरुका विभिन्न समस्याहरु विषयमा चर्चा परिचर्चा गरिएको छ।

त्यसरी खरसाङ क्षेत्रमा पर्यटन व्यवसायलाई कसरी अघि लान सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सदस्यहरु उपस्थित रहेका थिए भनी एसोसिएसनको तर्फबाट किरण मुखियाले जानकारी गराएका छन्।