मकैबारी युनाइटेड फूटबल क्लबको जीत

IMG-20250707-WA0109

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीएको सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगमा सोमवार एउटा म्याच भयो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको च्याम्पियनशीप डीविजनको म्याचमा मकैबारी युनाइटेड फूटबल क्लब ले त्रिशुली संघ, डुमारामविरुद्ध ६-०-ले जीत हासिल गऱ्यो। म्याच चरम एकतर्फी रह्यो। विजेता टीमको तर्फबाट नेहाल खवासले २ गोल गरे। यसबाहेक अंकित तामाङ, पेमा लामा, एमोन राई र सुमिरन प्रधानले १-१ गोल गरे। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा नितेश देवान, रेबिका प्रधान र मनीष थापा सामेल थिए। सञ्जय थापा फोर्थ अफिसियल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement