गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले १४औं परम पावन दलाई लामाको ९०औं जन्मदिनको शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राजभवनद्वारा आज जारी सन्देशमा राज्यपालले भने, ‘म सिक्किमका सम्पूर्ण जनताको तर्फबाट परमपावन दलाई लामालाई उहॉंको जन्मदिवसमा सादर शुभकामना दिॅंदछु।
परम पावन दलाई लामा करुणा, प्रेम र धैर्यका प्रतीक हुन्। उहॉंको जीवन केवल तिब्बती समुदायको लागि मात्र नभई सम्पूर्ण मानवताको लागि प्रेरणास्रोत रहेको छ। हामी उहॉंको उत्तम स्वास्थ्य, दीर्घायु र सतत मार्गदर्शनको लागि प्रार्थना गर्दछौं। सिक्किमको शान्तिप्रिय भूमिबाट हामी उहॉंप्रति आफ्नो गहन श्रद्धा र शुभेच्छा प्रकट गर्दछौं।’