डा. श्यामा प्रसाद मुखर्जीको १२५औं जयन्ती पालन

n67145040317518270607821b1a5bd2e2dc9bd8d75d6645cfafeb0763a8407fa70364d5715ec6fe07bb0d34

गान्तोक:आज राजधानी गान्तोककाे चिन्तन भवनमा डा. श्यामा प्रसाद मुखर्जीको १२५औं जयन्ती पालन गरियो।
उक्त अवसरमा राज्यस्तरीय कार्यक्रम आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा देशको राजनीति र सांस्कृतिक दिशालाई आकार दिन डा. मुखर्जीको भूमिकामाथि प्रकाश पारे। डा. मुखर्जीले आफ्ना पिता आशुतोष मुखर्जीका सिद्धान्त र मार्ग पछ्याएको जानकारी गराउॅंदै उनका पिता एक सम्मानित जज एवं शिक्षाविद थिए भनी उनले अवगत गराए।
डा मुखर्जीले काेलकत्ता विश्वविद्यालयबाट कानूनको डिग्री पूरा गरेपछि इङ्गल्याण्ड गएर लिंकन्स इनबाट ब्यारिस्टर बनेको उनले बताए। उनले डा मुखर्जी केवल ३३ वर्षको उमेरमा कलकत्ता विश्वविद्यालयको उपकुलपति बनेको बताए, जहॉं उनले सिकाइ र राष्ट्रिय मूल्यमान्यतालाई प्रवर्द्धन गरे।
मुख्यमन्त्रीले डा. मुखर्जीले आत्मनिर्भरता, भारतीय ज्ञान प्रणालीको प्रवर्द्धन र स्थानीय उद्योगहरूको विकासका लागि काम गरेको बताए। उनले डा. मुखर्जीलाई आत्मनिर्भरताको पक्षमा उभिएका, भारतको सांस्कृतिक जरामा गर्व गर्ने र स्थानीय उद्योगहरूलाई सुदृढ पार्ने कुरामा विश्वास गर्ने एक बुद्धिमान व्यक्ति थिए भनी बताए।
मुख्यमन्त्रीले सबैलाई डा. मुखर्जीका सिद्धान्तहरू अनुशरण गर्न र राष्ट्रको कल्याणको लागि काम गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement