गान्तोक: प्रेस क्लब अफ् सिक्किमको २३औं स्थापना दिवसको अवसरमा अर्पण गरिने कञ्चनजङ्घा कलम पुरस्कार यस वर्ष इष्ट मोजोका सम्पादक तथा वरिष्ठ पत्रकार कर्मा पाल्जोरलाई प्रदान गरिने घोषणा गरेको छ। सोही प्रकारले लगनशील युवा पत्रकार पुरस्कार फोटो जर्नलिस्ट पेमा वाङछेन लामालाई प्रदान गरिने भएको छ। यसरी नै भीडियो जर्नलिस्ट विनोद तामाङ र राजेन छेत्रीलाई सम्मान जनाउने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसरी नै पत्रकारिताको क्षेत्रमा धेरै वर्षदेखि योगदान पुऱ्याउँदै आएका गेजिङका पत्रकार नरेन्द्रकुमार राई र साप्ताहिक समचार पत्रकी सम्पादक हेमकुमारी खवासलाई पनि सम्मान जनाइने निर्णय भएको छ। यसरी नै समाचार पत्र वितरक सम्मान एमडी रामजनलाई प्रदान गरिने प्रेस क्लव अफ् सिक्किमद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।