गान्तोक: राजस्थानको आधिकारिक भ्रमणमा रहेका सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माबीच शिष्टचार भेट भयो. भेटको क्रममा राज्यपाल माथुर र राजस्थानका मुख्यमन्त्रीबीच विकासात्मक कार्यहरूबारे छलफल गरियो। सिक्किम सरकारले विशेष गरेर पर्यटन क्षेत्र र पर्यावरण संरक्षणको लागि शुरू गरेको विभिन्न योजनाबारेमा चर्चा परिचर्चा गरियो। यस क्रममा राजस्थान विधानसभाका अध्यक्ष वासुदेव देवनानीले पनि राज्यपालसँग भेट गरेका थिए।