ब्याडमिन्टन एसोसिएसन टोलीको खेलमन्त्री बस्नेतसँग भेट

IMG-20250706-WA0132

गान्तोक: ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमका नवनियुक्त अध्यक्ष तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको नेतृत्वमा गएको कार्यकारिणी सदस्यहरूको एक टोलीले सिक्किम सरकारका शिक्षा, खेलकुद एवं युवा मामिला विभागीय मन्त्री राजु बस्नेतसँग भेट गऱ्यो। भेटको क्रममा टोलीले राज्यमा ब्याडमिन्टन खेललाई बढावा दिने विषयमाथि छलफल गर्दै संस्थाको क्यालेन्डर कार्यक्रमबारे पनि जानकारी गराएको थियो। अध्यक्ष खालिङले ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमसँग आबद्ध भएपछि युवा तथा किशोरहरुलाई यस खेलमा कसरी संलग्न गराउन सकिन्छ सोबारेमा कार्यनीति तयार पारेको जानकारी मन्त्रीलाई गराए। अध्यक्ष खालिङले राज्यमा आयोजना गरिने आगामी पहिलो अन्तरराज्य ब्याडमिन्ट प्रतियोगिताको विस्तृतरूपमा अवगत गराए। उक्त प्रतियोगिता राज्यको ६ वटै जिल्लामा पहिले जिल्लास्तरीयरूपमा आयोजना गरिने छ भने बिजेता टोलीले गान्तोकमा आयोजना हुने राज्यस्तरीय प्रतियोगितामा सहभागिता जनाउन अवसर प्राप्त गर्ने जानकारी दिए। केही दिन अघि सम्पन्न भएको वार्षिक सभामा संस्थाले अन्तविद्यालय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको मन्त्रीलाई जानकारी गराए। मन्त्रीले ब्याडमिन्टन खेल प्रवर्द्धन र राज्यव्यापी प्रतियोगिता आयोजन गर्ने प्रयासको लागि बासको प्रशंसा गरे। उनले यस प्रकारको पहलको सफलता सुनिश्चित गर्न व्यक्तिगतरूपमा साथै खेलकुद तथा युवा मामिला विभागको तर्फबाट पूर्ण सहयोग पुऱ्याउने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement