फुटवल खेलाडी अभिष्ठा बस्नेतले गरिन् मुख्यमन्त्री तामाङसँग भेट

IMG-20250706-WA0131

गान्तोक: महिला फुटवल खेलाडी अभिष्ठा बस्नेतले आज मुख्यमन्त्री प्रेम सिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरिन्। मुख्यमन्त्री तामाङले आफ्नो फेसबुक पेजमा उल्लेख गरे अनुसार बस्नेत १७ वर्ष भन्दा कम उमेरका महिला राष्ट्रीय टोलीको निम्ति छनौट भएकी छन् भने अब उनले बेग्लोरमा रहेको प्रशिक्षण शिविरमा सहभागिता जनाउने भएका छन्। आगामी सेप्टेम्बर-अक्टोबरमा महिनामा सम्पन्न हुने साफ र एएफसी छनौट प्रतियोगितामा खेल्ने अवसर प्राप्त गरेकी छन्। उनी राष्ट्रीय खेलको निम्ति छनौट भएकोमा मुख्यमन्त्री तामाङले खुशी प्रकट गर्दै उनको उपलब्धि सिक्किमको लागि गर्वको क्षण बताउँदै यो उनको प्रतिभा, समर्पण र कडा परिश्रमको प्रमाण हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement