राजधानीमा बौद्ध गुरू दलाई लामाको ९०औं जन्मजयन्ती पालन

IMG-20250706-WA0130

गान्तोक: १४औं दलाई लामाको ९०औं जन्मजयन्ती चानमारीस्थित टिबेटन सामुदायिक भवनमा भव्यरूपमा पालन गरियो। टिबेटन सेटलमेन्ट कार्यालय र टिबेटन समुदायद्वारा आयोजन गरिएको यस कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा मुख्य अतिथि थिए। यस अतिरिक्त लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, स्यारी क्षेत्रका विधायक तेञ्जिङ लाम्ठा र पुलिस महानिर्देशक अक्षय सचदेवा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न गुम्बाबाट आएका बौद्ध धर्म गुरुहरूको बाक्लो सहभागिता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधानसभा अध्यक्ष शेर्पाले यस प्रकारको विराट धार्मिक कार्यक्रममा उपस्थित हुन पाउनु गर्वको विषय रहेको बताउँदै कार्यक्रम आयोजनका लागि आयोजक समितिलाई धन्यवाद दिए। बौद्ध धर्मगुरु दलाई लामालाई सिक्किम र भारतमा मात्र नभएर संमग्र विश्वले नै सम्मानित दृष्टिले हेर्ने गरेको बताए। उनले कार्यक्रममा उपस्थित तिब्बती समुदायलाई आफ्नो परम्परालाई सदैव संरक्षण गर्नुपर्ने साथै यसलाई अघि बढाएर लैजानु पर्ने सुझाउ दिए। राज्य सरकार राज्यमा बसोबासो गर्ने विभिन्न समुदायको भाषा, साहित्य, परम्पराको संरक्षणमा सदैव प्रोत्साहित गर्दै आइरहेको अवगत गराए।
आजको कार्यक्रममा डीजीपी अक्षय सचदेवालगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement