दोस्रो विश्व बक्सिंग कपमा साक्षीले जितिन् स्वर्ण पदक

IMG-20250706-WA0123

अस्ताना: प्रतिभाशाली बक्सर साक्षीले आइतवार दोस्रो विश्व बक्सिंग कपमा महिलाहरूकी ५४ किग्रा वर्गको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पहिलो स्वर्ण पदक दिलाइन्। दुईपल्टकी युथ वर्ल्ड च्याम्पियन २४ वर्षीय साक्षीले आक्रामक खेलको प्रदर्शन गरिन् अनि अमेरिकाकी योसलाइन पेरेजविरुद्ध सर्वसम्मत फसेलाद्वारा जीत हासिल गरिन्। भारतीय टीमले यहाँ विश्व बक्सिंग कपमा असल प्रदर्शन गरेर जम्मा ११ वटा पदक सुनिश्चित गरेको छ। भारतले ब्राजीलमा भएको पहिलो चरणमा एउटा स्वर्णसहित जम्मा ६ वटा पदक जितेको थियो। साक्षीले आज गति र सटीक पञ्चको संयोजनको साथ असाधारण प्रदर्शन गर्दै स्वर्ण पदक सुनिश्चित गरिन्। यसअघि मीनाक्षीले ४८ किग्रा वर्गको फाइनलमा स्थानीय दावेदार नाजिम काइजाइबेलाई कड़ा चुनौती दिएर पनि २-३-को खण्डित फसेलाले हारको सामना गर्नु पऱ्यो। यसरी जूगनू (पुरुषहरूका ८५ किग्रा) र पूजा रानी (महिलाहरूकी ८० किग्रा)-ले पनि आ-आफ्नो फाइनलमा पराजित भएर रजत पदक हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement