चामोंग एफसीको जीत

IMG-20250706-WA0102

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा आइतवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (जिग्मी दोर्जे भूटिया मेमोरियल फर्ष्ट डीविजन) मा चामोंग एफसी-ले भारतीय खेल प्राधिकरण (साई), लेबोंगविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रोजल गुरुङ र प्रज्वलले १-१ गोल गरे। यसरी सेण्ट जोसेफ्स कलेज र सेण्ट रोबर्ट्स हाई स्कूलबीच खेलिएको दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान मेमोरियल प्रीमियर डीविजन लीग) २-२ ले ड्र रह्यो।

सेण्ट जोसेफ्स कलेजको तर्फबाट पुष्कर प्रधान र रिन्छेन तामाङले गोल गरे। यसरी सेण्ट रोबर्ट्स हाई स्कूलको तर्फबाट सौरभ शर्मा र अनमोल देवानले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement