केलगरी: भारतका किदाम्बी श्रीकान्त कनाडा ओपन सुपर ३०० ब्याडमिण्टन टुर्नामेण्टको सेमिफाइनलमा जापानका केन्टा निशिमोटोसँग २१-१९, १४-२१, १८-२१ ले पराजित भए। श्रीकान्तको हारसँगै भारतको कनाडा ओपनमा अभियान समाप्त भयो। श्रीकान्तले पहिलो गेम २१-१९ ले जितेर म्याचमा अस शुरुवात गरेका थिए, तर त्यसपछि जापानी खेलाड़ी निशिमोटोले उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई गेम आफ्नो पक्षमा पार्दै एक घण्टा १८ मिनेटसम्म चलेको संघर्षपूर्ण म्याचमा जीत हासिल गगरे। निर्णायक गेममा स्कोर एक समय १८-१८ को बराबरीमा पुगेको थियो। म्याचको निर्णायक मोड़मा निशिमोटोले कमजोर रिटर्नमा आक्रमण गरे अनि श्रीकान्तले दुईपल्ट शट्लाई बाहिर हिर्काउँदा जापानका खेलाड़ीलले जीत हासिल गरे। यसअघि पूर्व विश्व च्याम्पियनशीप रजत पदक विजेता श्रीकान्तले क्वार्टरफाइनलमा विश्वका छैठौं नम्बरका खेलाड़ी ताइवानका चोउ टिएन-चेनलाई २१-१८, २१-९ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।