गान्तोक: सिक्किम सरकारका भवन तथा आवास विभागीय मन्त्री भीमहाङ लिम्बूले आज गान्तोकमा निर्माणाधीन अवस्थामा रहेको दुईवटा परियोजनाको निरीक्षण गरे। यस अवसरमा उनले सोकेथाङमा निर्माण भइरहेको सिक्किम उच्च न्यायालयको नयाँ भवन साथै लुम्सेमा निर्माण भइरहेको सचिवालयको निरीक्षण गरे। निरीक्षणको क्रममा मन्त्री लिम्बूले सम्वन्धित निकाय साथै यस परियोजनाका ठेकादारलाई यी दुवैवटा परियोजना गुणस्तरीय हुनुपर्ने साथै समयसीमामा निर्माण कार्य पुरा गर्नुपर्ने निर्देश दिएका छन्। यस अवसरमा मन्त्रीसँग मुख्य अभियन्ता पेमा डोङका भोटिया, अतिरिक्त मुख्य अभियन्ता बसन्त पौड्याल लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।