जिल्ला प्रशासन टोलीद्वारा पेट्रोल पम्पहरुको छ़ड्के भ्रमण

IMG-20250705-WA0130

नाम्ची: नाम्ची महकुमा अधिकारी शरण कालिकोटे लगायत, बजार अधिकारी प्रतिमा सुब्बा र शहरी विकास विभागका अधिकारी एसके राईले आज नाम्ची बजार वरिपरिका पेट्रोल पम्पहरुको छडके भ्रमण गरे। निरीक्षणको उद्देश्य सहज सञ्चालन सुनिश्चित गर्न र ग्राहकहरूको हितलाई प्राथमिकतामा राख्नु रहेको थियो। यस अवसरमा नाम्ची जिल्लाको चारवटा पेट्रोल पम्पहरु सिटी फ्युल्स, सूर्य सेल्स एजेन्सी, कामाख्या फ्युल्स सेन्टर र साई आध्या इन्टरप्राइजेजहरुको निरीक्षण गरिएको थियो। निरीक्षण टोलीले पम्प परिसरमा शौचालयसहित परिसरको सरसफाइ, पिउने पानीको उपलब्धता, आगो नियन्त्रण उपकरण, बालुवाको बाल्टी र गुनासो बकस, उपभोक्ताका लागि मूल्य तालिका, कर्मचारीहरुको स्वच्छता, स्टक दर्ता र बिक्री रेकर्ड, श्रम कार्डको स्वामित्व लगायत अन्य महत्वपूर्ण विषयहरूबारे जानयजा लिएको थियो। यसका साथै, महकुमा अधिकारी कालीकोटेले तोकिएको समयभित्र दिइएको निर्देशनहरूको पालना गर्नुपर्ने बताए। उनले पम्प मालिकहरूलाई भविष्यमा कुनै पनि नियम लागू नभएमा आवश्यक कानुनी र प्रशासनिक कारवाही हुने र नियमित अनुगमन गरिने चेताउनी दिएको थियो। विशेष गरेर शौचालयहरू यात्रीहरूको सुविधा र आरामको लागि सदैव सफा राख्ने, राजमार्गमा अवस्थित पेट्रोल पम्पहरूले शौचालय सुविधाहरूमा उचित सरसफाइ मापदण्डहरू कायम राख्नु पर्ने निर्देश दिएको छ। उल्लेखनीय छ, यसभन्दा अघि निरीक्षण टोलीले गत ३ मार्चको दिन पेट्रोल पम्पहरूको निरीक्षण गरेको थियो भने यसलाई निरन्तरता दिने डावकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement