दार्जीलिङ डायनामो र बड़ा काकझोड़ा युनाइटेड विजयी

IMG-20250705-WA0126(1)

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीग मा शनिवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (जिग्मी दोर्जे भूटिया मेमोरियल फर्ष्ट डीविजन) मा बड़ा काकझोड़ा युनाइटेड एफसी-ले युनाइटेड रिषिहाट एफसीविरुद्ध ९-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नवांग भूटिया र प्रणय गुरुङले २-२ गरे। यसबाहेक ज्योति छेत्री, सुशान्त सिंह, निश्चल कार्कीडोली, अनन्त सेवा र निखिल राईले १-१ गोल गरे।

यसरी दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान मेमोरियल प्रीमियर डीविजन लीग) मा दार्जीलिङ डायनामोले हर्सिंग हट्टा एफसी विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पुजन सुब्बाले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement