खरसाङको वार्ड नम्बर २को टेकबीर बस्ती क्षेत्रमा बाटो सर सफाई

IMG-20250705-WA0122

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २ को टेकबीर बस्ती क्षेत्रमा मान्छे हिँड्ने बाटो अजय गुरुङको घरदेखि लिएर तलतिर पुल डाँडासम्म बर्खाको पानीले गर्दा लेउ लागेर मानिसहरु पैदल हिँड्न असुविधा भईरहेको थियो।बाटोको दुईतर्फ नै झार पात ज्यादा बढेर बाटो हिँड्न जन साधारणलाई धेरै असुविधा भ‌ईरहेको थियो। यो बाटो भएर दैनिक रूपमा विद्यार्थीहरू र गाउँका मानिसहरू हिँडडूल गर्ने गर्छ। यसरी बाटो चिप्लो भएर धेरैपल्ट विद्यार्थी लगायत मानिसहरू लडेको गुनासो समाजको सदस्यहरूले समाजलाई गरिरहेको थियो। हुन त प्रगति गाउँ प्रगति संघ टेकबीर बस्तीको समाजले स्थापनाकालदेखि नै यस्ता कार्यहरू निरन्तर गरि नै रहेको छ। गाउँ समाजको जनमानसको सुरक्षाको निम्ति आजको दिन समाजको सभापति भेलारियन जर्ज लेप्चा, मूल सचिव बिरबल पाखरीन, उपाध्यक्ष सुजय गुरुङ, कोषाध्यक्ष रमोद गुरुङ सदस्यहरू अनुप प्रधान, अमिर भुसाल र प्रितम लामाको टोलीले उक्त बाटोको सर सफाई अनि ब्लिचिङ हाल्ने कार्य सम्पन्न गरियो।

यस कार्यमा समाजको सदस्य पवन रसाईलीले एक बोरा ब्लिचिङ पाउडर उपलब्ध गराएको साथै रोनत तामाङले कोल्ड ड्रिंक्स प्रदान गरेर सहयोग गरेका थिए। उनीहरूको समाजप्रतिको योगदान साथै सेवा भावनाको निम्ति समाजको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ। आफ्नो गाउँ आफै स्वच्छ अनि सफा राखौँ भन्ने सिद्धान्तलाई कायम राख्दै आजको यो कार्य कार्यान्वयन गरिएको हो भनी समाजको मूल सचिव बिरबल पाखरीनले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement