सोनादा: रंगबुल उच्च माध्यमिक विद्यालय सन् १९९९ मा निम्न उच्चको सरकारी मान्यता प्राप्त गरेपछि २०११ मा उच्च माध्यमिकको सरकारी मान्यता प्राप्त गरेको थियो भने यस वर्ष २०२५ मा उच्चत्तर माध्यमिक विद्यालयको सरकारी मान्यता प्राप्त गरेको जानकारी प्राप्त भएको छ। यस विषयमा रंगबुल उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिश कमल लिम्बूले उक्त मान्यता गराउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले विशेष गरेर क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, स्कूल डीआई तपशकुमार विश्वास, स्कूल एआई प्रदीप सुब्बा, एआई दालखी शेर्पा, एआई त्रिनेशा लामा लगायत सम्पूर्ण शिक्षक शिक्षिकाहरू अनि अभिभावकहरु र विद्यार्थीहरूलाई गर्दै धन्यवाद ज्ञापन गरेका छन्।