नयाँ दिल्ली: संयुक्त राष्ट्र महासभाको ७७औं अधिवेशनमा भाग लिन विदेश मन्त्री एस जयशंकर १८ देखि २८ सेप्टेम्बरसम्म अमेरिकाको यात्रामा रहनेछन्।
जयशंकर भारतीय प्रतिनिधिमण्डलसॅंग संयुक्त राष्ट्र महासभाको उच्च स्तरीय कार्यक्रममा भाग लिनेछन्, जसको विषय एक अर्कासित सम्बन्धित चुनौतीहरूको अभिनव समाधान रहेको छ। आफ्नो यात्राको दोस्रो चरणमा उनी अमेरिकी प्रशासनका नेताहरूसॅंग पनि वार्ता गर्नेछन्।
जयशंकरले १८ देखि २५ सेप्टेम्बरसम्म न्यूयर्कमा संयुक्त राष्ट्रसित सम्बन्धित कार्यक्रममा भाग लिनेछन्। यसै गरी, २५ देखि २८ सेप्टेम्बरसम्म राजधानी वाशिङ्गटन डीसीमा अमेरिकी प्रशासनका अधिकारीहरूसॅंग विचार-विमर्श गर्नेछन्। उनी अमेरिकी विदेश मन्त्री एण्टोनियो ब्लिंकन र अमेरिकी प्रशासनका अन्य वरिष्ठ अधिकारीहरूसॅंग पनि बैठक गर्नेछन्।
उनको अमेरिकाका उद्यमीहरू र प्रवासी भारतीयहरूसॅंग पनि मिल्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रमा २४ सेप्टेम्बर आजादीको अमृत महोत्सवसित सम्बन्धित कार्यक्रम छ, जसमा देशको विकास यात्रामा प्रकाश पार्ने कार्यक्रम छ।