केएफए-को आयोजनमा दुई स्तरीय फूटबल लीग शुरु

IMG-20250705-WA0069

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा दुई स्तरीय फूटबल लीग शनिवारदेखि शुरु भयो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय लीग अन्तर्गत आज २ वटा म्याच खेसलियो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको प्रीमियर डीविजनको म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले जेआर३२ फूटबल एकाडमीविरुद्ध १०-१ ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याच (च्याम्पियनशीप डीविजन)-मा यूकेएफसी अण्डर-१७ टीमले खरसाङ भेटरन्स क्लबविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा सुरेन गुरुङ, नितेश देवान, प्रशान्त राई, रेबिका प्रधान र सलमा लिम्बु सामेल थिए। सञ्जय थापा फोर्थ अफिसियल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement