फिफा क्लब वर्ल्ड कपः फ्लूमिनिस र चेल्सी सेमिफाइनलमा पुग्न सफल

photocollage_20257512326740

फिलाडेल्फिया: फिफा क्लब वर्ल्ड कपमा ईंग्लिश प्रीमियर लीग क्लब चेल्सी र ब्राजीलको क्लब फ्लूमिनिसले सेमिफाइनलमा प्रवेश गऱ्यो। चेल्सीले शनिवार बिहान खेलिएको दोस्रो क्वार्टर फाइनलमा ब्राजीलको क्लब पालमेरसलाई २-१-ले पराजित गऱ्यो। लिंकन्स फिनेन्सियल फील्डमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीले म्याच जित्न निक्कै मेहनत गर्नु पऱ्यो। कोल पाल्मरले १६औं मिनटमा दिलाएको गोलको सहायताले चेल्सी मध्यान्तरसम्म १-०-ले अघि रहेको थियो तर ब्राजीलको क्लबले पनि दोस्रो हाफको खेलमा बराबरी हासिल गऱ्यो। चाँड़ै चेल्सीमा सामेल हुन गइरहेका प्रतिभाशाली युवा फूटबलर एस्तावोले ५३औं मिनटमा कठिन कोणबाट गोल गरी पालमेरसलाई १-१-को बराबरीमा पुऱ्याए। ब्राजीलका १८ वर्षीय फूटबलर चाँड़ै चेल्सीमा सामेल हुनेछन्। प्रीमियर लीग क्लबले युवा फूटबलरसँग लगभग ५२ मिलियन पाउण्डको अनुबन्ध गरेको छ। एस्तावोको दर्शनीय गोलपछि चेल्सी फेरि दबाउमा परेको थियो तर पालमेरसका डिफेण्डर अगस्टिन गिएले ८३औं मिनटमा आत्मघाती गोल गर्दा चेल्सीले २-१-को निर्णायक बढ़त हासिल गऱ्यो।
चेल्सीले अब ९ जुलाईमा खेलिने पहिलो सेमिफाइनलमा ब्राजीलकै अन्य एउटा क्लब फ्लूमिनिसको चुनौती स्वीकार्नेछ। फ्लूमिनिसले टुर्नामेण्टको पहिलो क्वार्टर फाइनलमा सऊदी अरबको क्लब अल-हिलाललाई २-१-ले पराजित गऱ्यो। फ्लोरिडाको केम्पिंग वर्ल्ड स्टेडियममा खेलिएको म्याच चरम रोमाञ्चक रह्यो। म्याचमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीलको क्लबलाई मेथ्यूस मार्टिनेल्लीले ४०औं मिनटमा बढ़त दिलाए। अल-हिलालले पनि दोस्रो हाफको शुरुमै बराबरी हासिल गऱ्यो। सऊदी अरबको टीमबाट मार्कोस लियोनार्डोले ५१औं मिनटमा गोल गरे। अन्तमा हर्क्यूलसले ७०औं मिनटमा दिलाएको गोलले फ्लूमिनिसलाई जीत दिलायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement