नयाँ दिल्ली: अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले गत केही समयदेखि निराशाजनक प्रदर्शन गरिरहेको भारतीय पुरुष फूटबल टीमका लागि नयाँ मुख्य प्रशिक्षकको खोज शुरु गरेको छ। यो प्रक्रिया स्पेनका प्रशिक्षक मानोलो मार्क्वेजले एआईएफएफसँग आपसी सहमतिमा पद त्यागेपछि सुरु गरिएको हो। उनले गत वर्ष मात्र भारतीय टीमको जिम्मेवारी लिएका थिए। अहिले महासंघले नयाँ प्रशिक्षक पदको निम्ति आवेदन पत्र आमन्त्रित गरेको छ अनि आवेदन पत्र जमा गर्ने अन्तिम तारिख १३ जुलाई रहेको छ।
एआईएफएफ-को वेबसाइटमा लेखिएको छ, ” सीनियर पुरुष राष्ट्रिय टीमका नयाँ मुख्य प्रशिक्षकले एआईएफएफ महासचिवलाई रिपोर्ट गर्नेछ र सबै म्याच र टुर्नामेण्टहरूमा टीमको प्रदर्शनको लागि जिम्मेवार रहनेछन्। मुख्य प्रशिक्षकले राष्ट्रिय टीम विभाग, टीम निदेशक तथा तक्निकी निदेशकसँग मिलेर काम गर्नेछन्।”
यस पदका लागि आवेदकसँग युवा तथा सीनियर स्तरमा कम्तीमा १० देखि १५ वर्षको कोचिङ अनुभव अनिवार्य छ। यसको साथमा लचिलोपन, दक्षता र संसाधन ससम्पन्न हुने सामान्य आवश्यकताहरूको साथमा सम्बन्ध व्यवस्थापन, सांस्कृतिक संवेदनशीलता, आवश्यकतालाई बुझ्ने क्षमता र मिडिया तथा प्रायोजकहरूसँग काम गर्न अनुभव रहेको हुनु पर्नेछ।