बर्मिंघम: मोहम्मद सिराज र आकाश दीपको पेस बलिंग जोड़ीको उत्कृष्ट प्रदर्शनको सहायताले भारतले ईंग्ल्याण्डविरुद्ध जारी दोस्रो टेस्ट म्याचमा आफ्नो पल्ला भारी बनायो। भारतले आफ्नो पहिलो ईनिंग्समा बनाएको ५८७ रनको जवाफमा आज ईंग्ल्याण्डको पहिलो ईनिंग्स ४०७ रनमा समाप्त भयो। ईंग्ल्याण्डको निम्ति जेमी स्मिथ (अविजित १८४) र ह्यारी ब्रूक (१५८ रन)-ले शतक बनाए। यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा १८० बढ़त हासिल भयो। त्यसपछि भारतले शुक्रवार तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा १ विकेट गुमाएर ६४ रन बनायो। तेस्रो दिनको खेल समाप्त हुँदासम्म केएल राहुल २८ र करुण नायर ७ रनमा अविजित रहे। भारतले आज एकमात्र विकेटको रूपमा यशस्वी जयसवाललाई गुमायो, जसले २२ बलमा २८ रन बनाए। उनलाई जोश टंगले आउट गरे। यसरी भारतसँग अहिले समग्रमा २४४ रनको बढ़त रहेको छ।
यसअघि आज ईंग्ल्याण्डले बिहीवारको स्कोर ३ विकेटमा ७७ रनदेखि अघि खेल्दै जो रुट र बेन स्टोक्सको विकेट शुरुमै गुमायो। यसमा रुटले २२ र कप्तान बेन स्टोक्सले शून्य रन बनाए। यसरी ८४ रनमा ५ विकेटको पतनपछि ब्रूक र स्मिथले मोर्चा सम्हाले। यी दुईजनाले भारतीय बलरहरूलाई शास्ती दिँदै छैटौं विकेटको निम्ति ३०३ रनको महत्त्वपूर्ण पार्टनरशीप गरे। ह्यारी ब्रूक १५८ रन बनाएर आकाश दीपको शिकार हुनको साथै भारतले म्याचमा फर्किने मौका पायो। ईंग्ल्याण्डले आफ्नो अन्तिम ५ विकेट केवल २० रनमा गुमायो। ब्रूकले २३४ बल खेलेर १७ वटा चौका र एउटा छक्का लगाए। त्यसपछि जेमी स्मिथले एक प्रान्तलाई सुरक्षित राखे पनि अर्को प्रान्तमा विकेटको पतन जारी रह्यो अनि ईंग्ल्याण्ड ४०७ रनमा अलआउट भयो। स्मिथले २०७ बलमा २१ वटा चौका र ४ वटा छक्काको साथ अविजित १८४ रन बनाए। ईंग्ल्याण्डको ईनिंग्समा ६ जना ब्याटरले खाता पनि खोल्न सकेनन्। भारतीय बलरहरूमा सिराजले ६ र आकाश दीपले ४ विकेट लिए।