नदीमा बस पल्टिँदा सातजनाको मृत्यु भएको छ भने १२ जना घाइते

IMG-20220917-WA0171.jpg

राँची: झारखण्डको गिरिडीहबाट राँची गइरहेको शिव नामको बस आज हजारीबाग जिल्लाको तातिझारियाको सेवाने नदीमा पल्टिँदा सातजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। डेपुटी कमिश्नर न्यान्सी सहायले भने,१२ घाइतेलाई शेख भिखारी मेडिकल कलेज, हजारीबागमा भर्ना गरिएको छ। यी मध्ये एकजनालाई राम्रो उपचारका लागि राजेन्द्र आयुर्विज्ञान संस्थान पठाइएको छ। अन्य केही यात्रुलाई सामान्य चोटपटक लागेको र प्राथमिक उपचारपछि रिहा गरिएको छ। खबर पाएलगत्तै प्रहरी घटनास्थल पुग्यो र धेरै प्रयासपछि घाइतेहरूलाई बसबाट निकालेर अस्पताल पठाइएको थियो। प्रहरी स्रोतकाअनुसार शिव नामको बस गिरिडीहबाट राँची गइरहेको थियो र त्यही क्रममा हजारीबाग–बगोदर एनएच–१०० को दारु बीचको सेवाने नदीमा बस पल्टिएको थियो। यो बसमा ५२ जना सवार थिए। बसमा फसेका घाइतेलाई ग्यास कटरले बाहिर निकालिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार राँचीको धार्मिक कार्यक्रम कीर्तनमा सहभागी हुन गएका सबै मानिस दुर्घटना भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement