प्रदेश भाजपा अध्यक्षको एनएचआईडीसीएलका अधिकारीसॅंग बैठक

IMG-20250704-WA0094

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले आज राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) का कार्यकारी निर्देशक अशोक कुमार साहसँग बैठक गरे। गान्तोकस्थित क्षेत्रीय कार्यालयमा भएको उक्त बैठकमा सिक्किममा चलिरहेको एनएचआईडीसीएल परियोजनाहरूको प्रगतिमाथि छलफल गरेको थियो। बैठकमा प्रदेश अध्यक्ष थापाले वर्षा मौसममा राष्ट्रिय राजमार्गमा यात्रीहरूका लागि अवरोधहरूमा कमि सुनिश्चित गर्ने आवश्यकतामाथि जोड दिए। उनले सिक्किमबासीको लागि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्दै मौसमसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न मरम्मति कार्यलाई उच्च प्राथमिकता दिनुपर्ने आग्रह गरे। प्रदेश भाजपा कार्यालयले जारी गरेको प्रेस बयानअनुसार पार्टीका प्रदेश अध्यक्ष थापाले हालै सिक्किम भ्रमणको क्रममा यातायात, पर्यटन र संस्कृति सम्बन्धी संसदीय स्थायी समितिका सदस्य एवं कर्नाटकका सांसद विश्वेश्वर हेगडेलाईसित पनि पनि भेट गरेका थिए। उनले राजधानीमा हुने ट्राफिक जामको समस्यालाई सम्बोधित गर्न गान्तोक वरिपरि रिङरोड निर्माणको जिकिर पनि गर्दै एक ज्ञापनपत्र बुझाएका थिए। आज साहासँग उनले रिङरोडको महत्त्वको प्रसंग दोहोर्याटउॅंदै यसको सम्भाव्यता र सम्भावित चुनौतीहरूबारेमा छलफल गरे। उनले यस परियोजनाले गान्तोकमा ट्राफिक व्यवस्थापनलाई सहयोग मिल्ने जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement