राजधानीमा पादरी गंगाप्रसाद प्रधान जयन्ती पालन

IMG-20250704-WA0095

गान्तोक: कालेबुङका पत्रकार अरुणकुमार रसाइली पादरी गंगाप्रसाद प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत भएका छन्। आदि पत्रकार पादरी गंगाप्रसाद प्रधान स्मृति प्रतिष्ठान, सिक्किमले आज राजधानीको एक होटलमा आयोजित एक भव्य समारोहबीच पत्रकार रसाइलीलाई पुरस्कारद्वारा अलङ्कृत गरेको हो। पादरी प्रधानको १७४औं जयन्तीमा आयोजित कार्यक्रममा सिक्किम सरकारका ग्रामीण प्रबन्धन विकास विभागीय मन्त्री अरुणकुमार उप्रेती मुख्य अतिथि थिए। यसरी नै सरकारका स्वास्श्य एवं परिवार कल्याण विभागीय मन्त्री जीटी ढुङ्गेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिका रुपमा उपस्थिति थिए। आदि पत्रकार पादरी गंगाप्रसाद प्रधान स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष वरिष्ठ पत्रकारलाई स्मृति पुरस्कारद्वारा अलङ्कृत गर्दै आएको छ। पत्रकार रसाइली पछिल्ला लामो समयदेखि पत्रकारिताको क्षेत्रमा काम गर्दै आएका छन्। उनले दिएको उल्लेखनीय योगदानलाई कदर गर्दै पुरस्कारद्वारा अलङ्कृत गरिएको हो। अर्कोतिर प्रतिष्टानले सिक्किमेली समाजका विशिष्ट व्यक्तिहरुलाई पनि आज सम्मानित गरेको छ। यसअन्तर्गत डा. पीएम प्रधान, समाजसेवी किरण रसाइली अनि सिनेकर्मी चुनिलाल घिमिरे सम्मानित भएका छन्। यसरी नै इशाई समुदायका गीतकार पास्टर सीके राईलाई पनि विशेष पुरस्कारले सम्मान जनाइयो। कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङले कविता वाचन गरेका थिए। साहित्यकार विजयकुमार सुब्बाले आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानले विभिन्न क्षेत्रमा पुऱ्याएका योगदानबारे वार्ता प्रस्तुत गरे। आफ्नो वार्तामा सुब्बाले पादरीको योगदानबारे प्रकास पारे। जसरी नेपाली समाजको निम्ति आदिकवि भानुभक्त आचार्य सम्मानयोग्य छ त्यसरी नै पादरी पनि बराबर सम्मानको योग्य रहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री उप्रेतीले आज सम्मानित अनि पुरस्कृत सबैलाई बधाई दिँदै पादरीको योगदानको खुलेर प्रशंसा गरे। पादरीको योगदानहरूको मुल्याङ्कन हुनुपर्ने कुरामा पनि मन्त्री उप्रेतीले जोड़ दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement