दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा शुक्रवार २ वटा म्याच खेलियो। दावा माइला डुक्पा मेमोरियल सोकेण्ड डीविजन लीगको दुवै म्याच चरम एकतर्फी रह्यो अनि २ वटा म्याचमा जम्मा १६ गोल भयो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा तेप्सी युनाइटेड एफसीले दार्जीलिङ सिंग्सा भूटिया युथ क्लबविरुद्ध ४-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट तेञ्जिंग शेर्पाले ह्याट्रिक गरे। यसबाहेक टी शेर्पाले १ गोल गरे। यसरी दोस्रो म्याचमा सिंगालिला स्ट्राईकर एफसीले ग्लेनरीज युनाइटेड विरुद्ध ११-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सोनम राईले ४ र अनुराग सुब्बाले ३ गोल गरे। यसबाहेक दावा डुक्पा, रिक्देन शेर्पा, फुप छिरिंग र सागर छेत्रीले १-१ गोल गरे। यसरी ग्लेनरीज युनाइटेडको तर्फबाट पी तामाङले १ गोल गरे।