कुमुदिनी होम्सको अण्डर-१५ टीम सुब्रतो अन्तर्राष्ट्रिय कपको राज्यस्तरीय चरणमा पुग्न सफल

IMG-20250704-WA0100

कालेबुङ: कालेबुङको गौरवशाली फुटबल परम्परालाई निरन्तरता दिँदै कुमुदिनी होम्स हायर सेकन्डरी स्कूलको अण्डर-१५ बोयज टीमले अझ एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। जिल्ला च्याम्पियन बनेर मालदामा आयोजित क्लस्टर स्तर को प्रतिस्पर्धामा कालेबुङ जिल्लाको प्रतिनिधित्व सफलतापूर्वक गरेपछि टीमले अब प्रतिष्ठित सुब्रतो अन्तर्राष्ट्रिय कपको राज्यस्तरीय चरणमा स्थान सुरक्षित गरेको छ।
राज्यस्तरीय प्रतियोगिता कलकत्ताको ऐतिहासिक सल्ट लेक स्टेडियममा आयोजना हुने तय भएको छ, जुन स्टेडियममा खेल्ने कुनै पनि युवा फुटबल खेलाड़ीको सपना रहेको हुन्छ। टीमलाई कोच लियानले प्रशिक्षण दिइरहेका छन् भने व्यवस्थापनको जिम्मेवारी बिबाचन काफ्ले र वांगदेन घिसिङले सम्हालिरहेका छन्। विद्यालय प्रशासन र कालेबुङ फुटबल समुदायको निरन्तर सहयोग र प्रेरणाले टीमलाई अघि बढ़्नमा सहायता पुऱ्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement