गान्तोक: सिक्किम राज्य महिला आयोगकी एक सदस्याले सुमन्त कुमार गुप्ता विरूद्ध सदर थानामा प्राथमिकी दर्ता गरेकी छन्। आरोपित व्यक्तिमाथि सामाजिक संजालमा अपलोड गरिएको भिडियोमा महिलाहरूको अपमान गरेको आरोप छ। पुलिस रिपोर्ट अनुसार, आरोपित सुमन्त कुमार गुप्ताले धारा ३७१ एफ रद्द गर्नु पर्छ भनेर माग गर्दै फेसबुकमा अपलोड गरेको एउटा भिडियोमा सिक्किमका महिलाहरूको अपमान गरेका छन्। उनले सिक्किमका महिलाहरूमाथि विभिन्न आरोपहरू लगाएका छन्, जसको विरोधमा सिक्किम राज्य महिला आयोगकी एक सदस्याले उनी विरूद्ध एफआईआर दर्ता गरेकी छन्।
पुलिसले आरोपित व्यक्ति विरूद्ध आईपीसीको धारा १२०बी/५००/५०९/५०६/३४ अन्तर्गत मामिला दर्ता गरेको छ। यस सम्बन्धमा पुलिसले छानबिन गरिरहेको छ।











