खरसाङमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको १७४औं जन्म जयन्ती पालन

IMG-20250704-WA0087

खरसाङ: आदि पत्रकार एवं नेपाली भाषामा बाईबल अनुवाद गर्ने पाद्री गङ्गाप्रसाद प्रधानको १७४औं जन्म जयन्ती गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा श्रध्दाञ्जली कार्यक्रमलो रुपमा सम्पन्न भएको छ। उक्त जन्म जयन्ती कार्यक्रम खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको‌ पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा पालन गरिएको छ।‌ उक्त कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङको सभापति रबीनकुनार प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा पुस्तकालयका‌ सदस्यहरु उपस्थित भएर पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा धुप दीप प्रज्ज्वलन साथै पुष्पाञ्जली अर्पण गरेर माल्यार्पण गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। यसपालीको खरसाङमा‌ पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती भव्य रूपमा नगरेर सामान्य रूपमा श्रध्दाञ्जली अर्पण गर्दै पालन गरिएको छ। यस अवसरमा पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी विषयमा साहित्यकार ऋषि राईले वक्तव्य राखेका थिए। कार्यक्रममा सभाध्यक्ष रबीनकुमार प्रधानले पनि वक्तव्य राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement