रिम्बीक: रिम्बीक लोधोमा समष्टि अन्तर्गत ब्लूम डेल एकाडेमी स्कूल-द्वारा सम्मान कार्यक्रम विद्यालयका प्रधानाध्यापिका श्रीमती निर्मला राईको अध्यक्षतामा आयोजना गरियो। कार्यक्रममा विशेष यस वर्षको २०२५-युवा साहित्य अकादमी पुरस्कारले सम्मानित कवि सुवास ठकुरीलाई सम्मान जनाइयो। यस कार्यक्रममा मुख्य अतिथि मुस्कान समूहको अध्यक्ष कवि कमल भट्टराई उपस्थित रहेका थिए।
कवि सुवास ठकुरीलाई आगमी दिनमा पनि यहाँको कलमद्वारा उकृष्ट र सशक्त कृतिहरुको सृजना भइरहोस् भन्दै उत्तरोत्तर प्रगति र सफलताको शुभकामना दिए।