काठमाडौं: लोकप्रिय गायक सज्जनराज वैद्य र नयाँ पुस्ताकी अभिनेत्री दिव्या रायमाझीबीच सांगीतिक सहकार्य भएको छ। गायक वैद्यको नयाँ गीत ‘बेहुली’का लागि उनीहरूले सहकार्य गरेका हुन्।
बिहीबार साँझ उक्त नयाँ गीतको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ। पूरा भिडियो शनिबार सार्वजनिक गरिने गायक वैद्यले जनाएका छन्।
गीतमा दुवै कलाकारलाई एकसाथ देख्न सकिने छ। गीतको छायांकनका केही दृश्यहरू केही दिनयता टिकटक र इन्स्टाग्राममा भाइरल समेत भइरहेका छन्।
गायक वैद्य नेपाली सांगितिक उद्योगमा यथार्थपरक लय र संवेदनशील गीतहरूका लागि चिनिन्छन्। उनी युवामाझ निकै लोकप्रिय छन्। यता दिव्या रायमाझीले पछिल्लो वर्षदेखि नेपाली फिल्म तथा विज्ञापन क्षेत्रमा सक्रियता बढाउँदै आएकी छन्।
‘बेहुली’ उनका लागि वैद्यसँगको पहिलो सहकार्य हो। गीतले विवाह, प्रेम र आधुनिक सम्बन्धका विषयवस्तु समेट्ने अपेक्षा गरिएको छ।